दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

भरतपुर महानगरबाट मेयरको उम्मेदवारी जगन्नाथले लिएनन् फिर्ता

0

चितवन : भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो ।

दिनभर आफ्नो घर भरतपुर महानगरपालिका(७ कृष्णपुरमा समर्थक माझ बसेका पौडेलले उम्मेदवारी फिर्ता लिने समय सकिए लगत्तै संक्षिप्त कोणासभालाई सम्बोधन गरे । सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुँदा भरतपुर महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेपछि चितवन कांग्रेसमा असन्तोष चुलिएको थियो ।

गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । कांग्रेसका नेता पौडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । पौडेलले नमानेपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार भरतपुर पठाएका थिए । तर पौडेललाई मनाउन नसकेपछि गृहमन्त्री खाँण शुक्रबार दिउँसो मात्र काठमाडौं फर्के ।

पौडेलले उम्मेदवारी दिँदा कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मिना खरेल समर्थक रहेका थिए । पौडेल विसं। २०४९ सालको स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाको उपमेयरमा कांग्रेसबाट विजयी भएका थिए । उनी राष्ट्रिय सभाका सदस्य भइसकेका व्यक्ति हुन् । ७१ वर्षीय पौडेल वरिष्ठ अधिवक्ता पनि हुन् ।

Comments
Loading...