दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

भैरहवामा माओवादी नेतासहित २ सय कार्यकर्ता एमालेमा प्रवेश

0

रुपन्देही । निर्वाचनको संघारमा रुपन्देहीको भैरहवामा नेकपा माओवादी पार्टी परित्याग केही नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नं ९ का माओवादी पार्टीका पूर्व वडाध्यक्ष पुरन भण्डारी सहित २ सय कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेका जिल्ला उपसचिव हितराज पन्थीले दाबी गरे ।

नेकपा एमालेको विचार र सिद्धान्तलाई अंगाल्ने प्रतिबद्धताका साथ भण्डारीले आफू एमालेमा प्रवेश गरेको बताए ।

पार्टी प्रवेश गरेपछि आइतबार नै भण्डारी नेकपा एमालेका मेयरका उम्मेदवार डाक्टर रामप्रसाद बस्याल, उपमेयरका उम्मेदवार उमा अधिकारी, वडा नं ९ का अध्यक्ष शेषकान्त भण्डारीसहित घरदैलोमा समेत हिँडेका थिए ।

पुरन भण्डारी गत स्थानीय निर्वाचनमा माओवादी पार्टीबाट वडा नम्बर ९ मा वडाध्यक्षका उम्मेदवार थिए, उनले निर्वाचन दोस्रो स्थानको मत प्राप्त गरेका थिए ।

global bank
Comments
Loading...