कांग्रेसबाट बाणगंगा–१ मा वडाध्यक्षका उम्मेदवार बनेका सारुद्धारा संकल्प-पत्र सार्वजनिक

0

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १ का चर्चित युवा नेता संजु सारु मगरले आफूले ५ वर्षको अवधिमा गर्ने आफ्ना संकल्प-पत्र सार्वजनिक गरेका छन् । वडा नं. १ बाट वडा सदस्यमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित सारु बाणगंगाका चर्चित युवा हुन् ।

उनले सरकारबाट आउने तलब भत्ता सामाजिक बिकास र बिभिन्न बर्गका मानिसहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सारुले भने वडास्तरको तिव्र बिकास गर्न लागी सेवामुखी पदमा बसेर सरकारी तलब भत्ता लिनु उपयुक्त नहुने भएकाले यस्तो घोषणा गरेको हुँ ।

सारुले निबर्तमान वडासदस्य समेत रहदा पनि आफुले पाएको सरकारी तलब भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका थिए । सारुले २०७४ सालको स्थानिय तहको चुनावमा सबैभन्दा बढि मत ल्याएर वडा सदस्य पदमा बिजयी भएका थिए । नेपाली कांग्रेसले सारु मगरलाई वडाध्यक्ष पदमा उठाएको छ भने सदस्यहहरुमा सिता सुनार, टोपकला बिसि, राज कुमार थारु र लक्ष्मी बहादुर खत्री सदस्य पदमा भिड्दै छन् ।

यस्ता छन् वडा अध्यक्ष उम्मेद्वार सारुका प्रतिबद्धताहरु 

१.  बैरियाटोलः आवर विज्डम स्कुल जाने बाटोलाई पूर्णता दिइने छ ।

क्वाटर चोकदेखि कृष्ण घिमिरेको घरसम्म र त्यहाँदेखि राजपुरजोड्ने  बाटोलाई कालोपत्रे गरिने छ ।

टोलभरी सडक लाइट र सडक किनारामा वृक्षारोपण गरिने छ ।

थारु एवम् अन्य पिछडिएका महिलाहरुलाई सीप मूलक तालिम, क्षमता अभिबृद्धिका तालिम प्रदान गरिने छ ।

२  शान्ति श्रीनगर टोल बैरियाः आयु मेडिकल हलदेखि निवुवा  चोकसम्म बाटो विस्तार गरी कालोपत्रे गरिने छ ।

टोलका भित्री सडकहरुमा सडक लाइट र सडक किनारामा वृक्षारोपण  गरी हरियाली सडक बनाइने छ ।

टोलमा सामाजिक भवन निर्माण गरिने छ ।

३.  बठानपुर निवुवा टोलः बाँकी रहेका सडक स्तर उन्नतीसहित कालोपत्रे गरी सडक लाइट र वृक्षारोपण गरी हरियाली सडक बनाइने छ ।

वठानपुर निवुवा देखि झुँगा मन्दिरसम्म सडक स्तरउन्नती गरी  कालोपत्रे गरिने छ ।

वठानपुर पोखरी वरिपरि पर्खाल निर्माण गरिने छ ।

बठानपुर हुलाकी सडक कालोपत्रे गरिने छ । 

बठानपुर निवुवामा सिंचाईको लागि उपयुक्त स्थानमा बोरिङ्गको  व्यवस्था गरिने छ ।

४.  मन्द्रेली टोलः महेन्द्र राजमार्गदेखि भीमकान्त अर्यालको घरसम्म  बाटो विस्तार र कालोपत्रे गरी सडक लाइट र वृक्षारोपण गरी हरियाली सडक बनाउने छ ।

उक्त टोलमा एउटा मन्दिर तथा प्रतिक्षालय निर्माण गरिने छ ।

५.  शान्ति टोल चारनम्बरः अर्याल इलेक्ट्रिक्सदेखि दक्षिणतर्फ बाटो  निर्माण गरिने छ ।

उक्त टोलमा सि.एन.सी. हस्पिटलदेखि कृषि विकास बैंकसम्म नाला  विस्तार गरिने छ ।

उक्त टोलमै सामुदायिक पुस्तकालयको भवन निर्माण गरिने छ ।

६.  जितपुर टोलः महेन्द्र राजमार्ग चोकदेखि सिमलपानी जाने सडक  नाली सहित विस्तार गरी सडक लाइट र वृक्षारोपण गरी हरियाली  सडक बनाउने र कुलोहरु पक्की बनाइने छ ।

बुद्ध रंगशालालाई पूर्णता दिइनेछ ।

जितपुरमा इको पार्क तथा बाल उद्यान निर्माण गरिने छ ।

जितपुरमै क्रियापुत्री भवन निर्माण गर्ने साथै एउटा जलाशय निर्माण  गरिने छ ।

बंगलामुखी मन्दिरलाई विधान अनुरुप दर्ता गरी नेपाल सरकारको धार्मिक स्थलको रुपमा सूचीकृत गरिने छ ।

७.  मिलनटोल उत्तमनगरः सम्पूर्ण सडक कालोपत्रे गरी सडक लाइट र वृक्षरोपण गरिने छ ।

यमलाल घिमिरेको घरदेखि मधुवनधाम जोड्ने सडक कालोपत्रे र कजवे निर्माण गरिने छ ।

सडक किनारामा पक्की नाली निर्माण गरिने छ ।

८.  प्रगती टोल उत्तम नगरः गजेहडा कुलाको दुवै तर्फ पक्की नाला  निर्माण गरी वृक्षारोपण गरिने छ ।

अधुरा सडक कालोपत्रे गरी वृक्षारोपण गरी हरियाली सडक बनाइने छ ।

दलित भवनलाई सुविधा सम्पन्न भवन बनाइने छ ।

पुरातात्विक महत्वका छापे ढुंगा लगायतका स्थानलाई पर्यटकीय  केन्द्रको रुपमा विकास गर्दै आन्तरिक पर्यटन भित्र्याइने छ ।

९.  बुङ्ची टोलः बाँकी सडक कालोपत्रे गरिने छ । 

बुङची टोलमा बाँकी रहेको विद्युतीकरणका बाँकी काम गरिने छ ।

सुपादेउराली मन्दिर निर्माण गरिने छ ।

महेन्द्र राजमार्ग जोड्ने भित्री सडकहरु स्तर उन्नती गरी नाला मर्मत  सम्भार र वृक्षारोपण गरिने छ ।

१०.  दुर्गा मन्दिर टोल बैरिया हाट बजार सुविधा सम्पन्न बनाउँदै बाँकी ठाउँमा नाली विस्तार र बाटो कालोपत्रे गरिने छ ।

दुर्गा मन्दिर प्राङगणमा लकिङ्क टायल लगाइने छ ।

दुर्गा मन्दिर प्राङ्गणमा भगवतीको वाहन सिंहको आकर्षक प्रतिमा राखिने छ । 

११.  मिलन टोल बैरियामा कमल श्रेष्ठको घरदेखि वठानपुर जाने बाटो  विस्तार गरी कालोपत्रे गरिने छ ।

मिलन टोलमा बाँकी रहेको विद्युतीकरणको काम पूरा गरिने छ ।

चर्चलाई सहयोग र बाटो स्तरउन्नती गरी कालोपत्रे गरिने छ ।

सारुले प्रत्येक टोलका उपरोक्त प्रतिबद्धता बाहेक पनि हाम्रो वडा राम्रो वडा बनाउनका लागि थप निम्न कार्यहरु पनि गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाल मा.वि. र सिद्धार्थ मा.वि.मा ई–पुस्तकालय स्थापना गरिने छ ।

उत्तमनगरको स्वास्थ्य केन्द्रको स्तर उन्नती गर्ने र सोको शाखा  बाल मा.वि.को प्राङ्गणभित्र ल्याई खोप केन्द्र निर्माण गरिने छ ।

वडा भित्रका ४० वर्ष भन्दा माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य  परीक्षण गर्ने व्यवस्था मिलाइने छ ।

लागू औषध दुव्र्यसनमा परेका युवायुवतीहरुको बानी व्यवहार रुपान्तरण  गरी आय आर्जनमा लाग्न ठोस कार्यक्रम गरिने छ ।

वडा भित्रका सम्पूर्ण सिंचाई कुलोहरु पक्की बनाइने छ ।

वडा नम्बर एकलाई बाढी नदी कटानबाट बचाउन नदी तटबन्ध गर्न  उपल्लो सरकारसँग माग गरिने छ ।

वडा नं. १ मा स्वास्थ्य व्यायाम केन्द्र, ध्यान केन्द्र, योग केन्द्र निर्माण  गरिने छ ।

प्रत्येक वडावासीको स्वास्थ्य बिमा गरी निःशुल्क स्वास्थ्यमा पहुँच पु¥याइने छ ।

गर्भवती सुत्केरी आमाहरुलाई पोषण बापत रु. २ हजार प्रदान गरिने छ साथै अस्पताल पुग्नका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने  छ ।

वडाका कृषकहरुलाई समयमै मलखाद, बीउ विजन उपलब्ध गराउन  सस्तो सहकारी पसल संचालन गरिने छ ।

यसै वडाको उत्तमनगरमा स्तरीय खेल मैदान बनाइने छ ।

वडाका आदिवासी, जनजातिहरुलाई प्राथमिकता दिई विशेष कार्यक्रम  ल्याइने छ ।

१२. वडा नम्बर एकको वडा कार्यालयका लागि हाम्रै नेतृत्वमा १५  धुर जग्गा प्राप्त गरी सकिएकोमा सो स्थानमा आधुनिक एवम् सुविधा सम्पन्न कार्यालय भवन बनाइने छ ।

aataal sement
Comments
Loading...