कपिलवस्तु : नेकपा एमाले बाणगंगाले उम्मेदवार सहितको घरदैलोलाई सबै वडामा बिस्तार गरेकोमा ५ नम्बर वडाले भने सबैभन्दा पहिले सम्पन्न गरेको छ । नगर अध्यक्ष समेत रहनु भएका युवराज पोख्रेल वडा अध्यक्षको उम्मेदवार भएको यस वडामा ५ दिन लगाएर उम्मेदवारहरुले घरदैलो पुरा गरेका हुन । सबैका घरदैलोमा पुग्दा जनताहरुमा राम्रो उत्साह छाएको र आफूहरुको उम्मेदवारीहरुलाई जनताले अत्यन्तै सकारात्मक रुपमा लिएको पोख्रेलले बताउनुभयो । स्वयम एमाले बाणगंगाके अध्यक्ष पोखरेल वडा अध्यक्षको उम्मेदवार बनेर वडामा आएपछि यहाको विकास निर्माणले उचित महत्व पाउने भन्दै स्थानीय बढी हर्षित देखिएका छन् ।
शालिन र भद्र स्वभाव, उच्च शैक्षिक ज्ञान र बचनका पक्का पोखरेललाई थारु समुदायले समेत राम्रोसंग रुचाएका छन् । सो वडामा झण्डै आधा जनसंख्या थारुको रहेको छ । थारुका बीच पोखरेल लोकप्रिय रहेको एमालेका जिल्ला उपाध्यक्ष विश्राम थारुको भनाइ छ ।
मतदाताका बिचमा आफुले बिकास निर्माण र समृद्धिका प्रतिबद्धता जाहेर गरेको भन्दै निर्वाचित भएपछि पूरा गर्नेमा मतदातादाई बिश्वास दिलाएको वताउनु भयो ।
उहाँले जनताको समस्यालाई केन्द्र विन्दु बनाएर काम गर्ने जिकीर गर्नुभयो । ‘म सधै जनताको साथमा छु, जनताको समस्यालाई केन्द्र-विन्दुविन्दुमा राखेर काम गर्छु ।’ उहाँले भन्नुभयो ।