दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

बाणगंगामा राप्रपाको घरदैलो कार्यक्रममा स्थानीय उत्साहित

0

कपिलवस्तु : स्थानीय तहको निर्वाचनलाई लक्षित गरि चुनावी माहोल यतिबेला चर्किएको छ । निर्वाचन आयोगले निर्धारण गरेको समयावधी अब १२ दिन बाँकी छ । विभिन्न राजनीतिक दलहरुका उम्मेदारहरुले गर्दा अहिले गाउँघर नै चुनावी उत्साह बढाएको छ । निर्वाचनमा पछि जित सुनिश्चित गर्दै स्थानीय तहमा विकासका सपना बुनेका उम्मेदवारहरु यतिबेला घरदैलोमा निकै ब्यस्त छन् । यस्तै कपिलवस्तुको बाणगंगामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएको छ । राप्रपाले घरदैलोको क्रमलाई केही फरकपना महसुस गराउँदै आएको छ ।

घरदैलोकै क्रममा स्थानीयहरुबाट विगतमा एमाले र कांग्रेस जस्ता ठूला दलले आम नागरिकहरुको जीवनयापनमा केही थप उपलब्धिहरु हासिल हुन नसकेको गुनासो गरेका थिए । मेयर, उपमेयरसहितका उम्मेदवारलाई जनताले रुचाएकाले राप्रपा नै अन्य राजनितिक दलको विकल्प भएको बताएका छन् । समुदायस्तरमा मत माग्न जाँदा विभिन्न उम्मेदवारहरु आलोचनात्मक भएको जनाउँदै आफू चाहिँ प्रशंसा पाएको उम्मेदवारे बताएका छन् ।

आज सोमबार बाणगंगाको वडा नं.९ मा घरदैलो कार्यक्रमसहित कोणसभा सम्पन्न गरिएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताउनुभयो । उहाँले देशमा भ्रष्टचारलाई निर्मूल पार्दै शुसासन कायम गर्न राप्रपाको आवश्यता हरेको दाबी गर्नुभयो । आम नागरिक प्रति राप्रपाप्रतिको विश्वास बढ्दै गएको र राप्रपाका उम्मेदवारले जनताको समस्यालाई केन्द्रविन्दमा राखेर काम गर्ने बताउनुभयो ।

यसैबीच बाणगंगामा राप्रपाबाट उम्मेदवार बनेका मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरुले कपिलधाममा ‘भ्रष्टचार गर्दिन र गर्न दिन्न’ भनि कसम खाएका छन् ।

aataal sement
Comments
Loading...