दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

सुकुम्बासीका समस्या समाधान गर्ने काम मेरो पहिलो प्राथमिकता : मेयरका प्रत्यासी अर्याल

0

पशुपति गिरी (कपिलवस्तु) : नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका उम्मेदवार चक्रपाणी अर्यालले बाणगंगाको वोडगाउँ र मधुवनमा रहेका शान्ति कुञ्ज मधुवनधाम र मायादेवी रंगशालालाई गुरुयोजना अनुरुप विकास गर्ने जिकीर गर्नुभएको छ । मेयरका प्रत्यासी अर्यालले वडामा बसोबास गर्दै आएका सुकुम्बासीहरुका समस्यालाई यथाशीघ्र समाधान गर्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहने उहाँको भनाई छ । ‘वडाभित्र बसोबास गर्ने सुकुम्बासीहरुका समस्यालाई यथाशीघ्र समाधान गर्ने काम मेरो पहिलो प्राथमिकता रहन्छ ।’ उहाँले भन्नुभयो । अर्यालले बाणगंगा ८ का सिसेनी, ढोडेखोल, मधुवन, मोर्मी हुँदै बोडगाउँ लगायतका बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

अर्यालले बाणगंगाको तटिय क्षेत्रमा दुवै तर्फ ड्याम निर्माण गरी बाणगंगा करीडोरको विकास गर्ने, जमिन मुनिको पानी संरक्षणका लागि विशेष कार्यक्रम लागु गर्ने, रोजगारी वृद्धिका लागि जल, जंगल र जमिनमा आधारित उद्योग स्थापनामा प्रोत्साहन गर्दै अनुदानको ब्यवस्था गर्ने, वार्डका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले महिला स्वस्थ्य स्वयमसेविकालाई कामको मूल्यांकन गर्दै प्रोत्साहन गर्ने र महिला तथा बालबालिकालाई निशुल्क ओपिडी ब्यवस्था गर्ने बताउनुभयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. ८ का अध्यक्षका प्रत्यासी बाबुराम अर्यालले वोडगाउँलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न आफुले प्रयत्न गर्ने बताउनु भयो ।

संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले पोलिटब्यूरो सदस्य बिमला घिमिरे, केन्द्रिय सदस्य तथा कृषि तथा पशुपक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपाने, केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, लुम्बिनी प्रदेश कमिटी सदस्य गुणानिधी भुसाल , चेतनारायण भण्डारी वडा नं. ८ का वडा सदस्यका उम्मेद्वार विश्वास जिसी, शैलेन्द्र बेल्बासे, दिना थारु, शारदा परियार लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक,मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं.८ को निर्वाचन परिचान कमिटीका संयोजक टुकलाल गैरेले बताउनु भयो ।

bijayanagar
Comments
Loading...