दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

बाणगंगामा राप्रपाका उम्मेदवार मतदाताको घरदैलोमा

0

बाणगंगामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारका साथमा राप्रपाले बाणगंगामा चुनाव लक्षित घरदैलो अभियानलाई तीब्रता दिएको छ । आज बाणगंगा नगरपालिका वडा नं.११ मा राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीको नेतृत्वमा जिल्ला उपाध्यक्ष चन्द्र भण्डारी, स्थानीय नेता राजेन्द्र बहादुर चौधरी र मेयर पदकी उम्मेदवार सिता कुमारी थारु, उपमेयरका उम्मेदवार रामु शर्मा, वडाध्यक्षका उम्मेदवार खेमराज बेल्वासे, मनिसा कुमारी चौधरीसहित घरदैलो कार्यक्रम सम्पन्न भएको राप्रपा बाणगंगाले जनाएको छ । वडा र नगरमा विकास र समृद्धिको प्रत्याभूति दिलाउन राप्रपाको जित आवश्यक रहेको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताउनुभयो ।

वडामै हरेक बर्ष चिकित्सक वा ईन्जिनियर, एक नर्स, एक जेटिए तथा भेटनेरी डाक्टरलाई छात्रावृत्तिको व्यवस्था गर्न, जेष्ठ नागरिकलाई हरेका ३ महिनामा घरमै गएर स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन, वडभित्रका विपन्न परिवारका सदस्यलाई उपचार जिल्ला बाहिर जान एम्बुलेन्स सेवा निशुल्क गराउन, वडाका हरेक कामलाई पारदर्शी र जनसहभागिता मूलक बनाउनका लागी राप्रपा नेतृत्वका आउन आवश्यक रहेको उहाँले बताउनुभयो । निम्न आय भएका परिवारका सदस्यलाई सुत्केरी स्याहार भत्ता दिलाउने, दुध र मासु उत्पादनमा वडालाई जिल्लामै नमुना बनाउने जस्ता योजना राप्रपाको जितले मात्र साकार हुने उहाँले दाबी गर्नुभयो ।

किसानका उत्पादन उच्च मूल्यमा खेतबारीबाटै विक्री वितरणको व्यवस्था मिलाउन, व्यवसायिक कृषकका लागी अनुदान र अन्य सुविधाको व्यवस्थापनका गर्न, वडाभित्रका भूमिहिनका लागी आवास र जमिनको प्रबन्ध मिलाउनका लागी राप्रपका उम्मेदवारलाई जिताउन उहाँले अपिल समेत गर्नुभयो ।

global bank
Comments
Loading...