सब डिभिजन बन कार्यालय चेत्रदेई कपिलबस्तु

जापान जाने तयारीमा रहेकी रूपन्देहीकी एक युवतीले गरिन् आत्महत्या

0

रूपन्देही । शुक्रबार जापान जाने तयारीमा रहेकी रुपन्देहीकी एक युवतीले आज रहस्यमय तरिकाले आत्महत्या गरेकी छन् ।कञ्चन गाउँपालिका–३ की २१ वर्षीया स्वस्तिका आचार्यले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् ।

आचार्यले बुधबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको आत्महत्या गर्नुको कारण नखुलेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले जनाए ।

शुक्रबार जापान जाने लागेकी उनी आज काठमाडौं जाने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

Comments
Loading...