फुङ्लिङ : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-५ मा गए राति एक घरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुई वटा बङ्गुर जलेर नष्ट भएको बताए। स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठाभाडामा बसेका थिए।
उनीहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ।