दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

आइजी नियुक्ति विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, जेठ १७ गतेबाट पूर्ण सुनुवाइ

0

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले दुई दिन भएको बहसपछि जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको हो।

यो मुद्दालाई बुधवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। बुधवार सरकार तर्फ र निवेदक तर्फबाट बहस भएको थियो। बहसमा चुनावको समयमा प्रहरी संगठन नेतृत्व बिहीन नहोस् भन्ने दलिल सरकारको पक्षबाट अदालतमा माग गरिएको थियो।

सर्वोच्च अदालतमा एआईजी विश्वराज पोखरेलले मंगलबार रिट निवेदन दिएका थिए।

एआईजी विश्वराज पोखरेलले सिंह नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन लिएर पुगेका थिए। मन्त्रिपरिषद् बैठकले एआईजी सिंहलाई बढुवा गर्ने निर्णय गरेसँगै यो विषय विवादमा परेको थियो।

एउटै ब्याचका चार जना एआईजीहरू आईजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए। त्यस्तै ७ महिनापछि पोखरेपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्‍यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवामा परेका थिए।

civil bank
Comments
Loading...