मतदातालाई बाँड्न राखेका साडी बरामद

0

परासी : मतदातालाई प्रलोभनमा पार्नका लागि वितरण गर्न राखिएका साडीलाई प्रहरीले सोमबार बरामद गरेको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट १ बोरा साडी बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिसपी प्रेम बहादुर शाहीले जानकारी दिए।

स्थानीय सुरेश यादवको घरबाट बरामद भएको साडी ७३ पिस रहेको शाहीले बताए। ‘चुनावमा बाँड्न हो वा के होरु त्यसबारे अनुसन्धान हुँदैछ। अहिले साडी बरामद गरेर ल्याएका छौं।’ शाहीले भने।

२७ गते रातिबाट मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै मतदातालाई बाँडनका लागि साडी तयारी अवस्थामा राखिएको बताइएको छ। बरामद साडी नेकपा एमालेका उमेदवारले बाँड्न ल्याएको आरोप छ। तर एमालेबाट सुनवल नगरपालिकाको प्रमुख पदका उमेदवार विमला अर्यालले भने त्यसलाई अस्वीकार गरिन्। ‘प्रचारमा हिडेका कार्यकर्तालाई खाना खुवाउन त सकिएको छैन। आआफ्ना खर्चमा कार्यकर्ता हिडेका छन्। कहाँको साडी ल्याएर बाँड्नुरु हामीले कसैलाई केही बाँड्दैनौ। त्यसबारे मलाई केही जानकारी छैन।’ अर्यालले दाबी गरिन। अहिले जिल्लाका सबैजसो प्रतिस्पर्धी उमेदवारहरुले मतदाताहरुलाई प्रलोभनमा पार्न विभिन्न सामाग्रीहरु दिन सुरु गरेका छन्। ४र५ दिनअघि देखि नै नगदसहित मासु र रक्सीसमेत मतदाताहरुलाई बाँड्न कार्यकर्ताहरुको घरघरमा पुर्याइएको बताइएको छ।

Comments
Loading...