दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

नव बिवाहित छोरीलाई बिमा पोलिसी उपहार

0

कपिलवस्तु, वैशाख २७। पछिल्लो समय जन्मदिन , विवाह तथा अन्य शुभ कार्यमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ। यसै सन्दर्भमा बाणगङा नगरपालिका वडा नं ९निवासी दीपक कुवरले आफ्नो जेठो दाजुको सुपुत्री बिपना कुवरको बैवाहिक समारोहमा नव विवाहित छोरी बिपना कुवरलाई ५ लाख बराबरको बीमा पोलिसी उपहार दिएका छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ बीमा पोलिसी उपहार प्रदान गरेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जितपुर शाखामा बिजिनेस डेभलपमेन्ट कोर्डिनेटर समेत रहेका दीपक कुवरले समाजमा बीमाको सचेतना अभिवृद्धि गर्दै आएको म यस्तो शुभ अवसरमा छोरिलाई बीमा उपहार दिन पाएकोमा हषिर्त रहेको बताए । सो अबसरमा सहभागी धेरै जना बिमा बारे सचेत भएको र आगामी दिनमा समाजमा बिमाको महत्त्व अझ बढी हुने र यो कार्य नमुना भएको बताए ।

bijayanagar
Comments
Loading...