कपिलवस्तु ।
जिल्लाको बाणगंगामा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।
बाणगंगा ८ चप्परगाउमा नुहाउने क्रममा धारामा जोडेको मोटरबाट करेन्ट लागेर ४९ बर्षीय माया भाट क्षेत्रीको मृत्यु भएको हो ।
करेन्ट लाग्नासाथ उनलाई कपिलवस्तु सामुदायिक अस्पताल चारनंम्बर ल्याईएको भए पनि अस्पतालले लग्नसाथ मृत्यु भएको घोषणा गरेको थियो ।
मृतक भाटका श्रीमान, २ छोरा र एउटी बुहारी रहेकी छन । उनको आज नै बाणगंगा स्थित लक्ष्मणघाटमा दाहसंस्कार गरीएको छ ।