दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

लहानका उपमेयरकै कार्यकक्षमै महिलालाई बलात्कारको प्रयास गरेको घटना सार्वजनिक

0

बुटवल । सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले कार्यकक्षमै बोलाएर एक महिलालाई बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

पीडित महिलाले ईलाका प्रहरी कार्यालय लहानमा उपमेयर महतो विरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएपछि घटना बाहिरिएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रवक्ता तथा डिएसपी सुवास बुढाथोकीले उपमेयर महतो विरुद्ध एक महिलाले बिहीबार जाहेरी दिएको पुष्टि गरे । उनका अनुसार जाहेरी दर्ता भइसकेको र घटनाबारे अनुसन्धान भइरकेको छ ।

नगरपालिकाले केही दिन अगाडि दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन आह्वान गरेको थियो । ति पदमा फारम भरेकी महिलालाई जागिर लगाइदिने भन्दै कार्यकक्षमै बोलाएर उपमेयर महतोले बलात्कारको प्रयास गरेको बताइएको छ ।

पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित उपमेयर महतो सम्पर्क विहिन बनेका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...