वन डढेलोबाट बचौ र बचाऔं

खानीगाउँमा क्रमश टोल विकास संस्था गठन हुँदै

0

पाल्पा, साउन १३ ।
बगनासकाली गापा – ७ खानीगाउँका वडा अध्यक्ष श्री गणबहादुर बुढाथोकीको अध्यक्षता तथा जि।स।स। पाल्पाका सदस्य केशव खरालको प्रमुख आतिथ्यतामा साविक खानीगाउँ गा। वि. स. ८ का स्थानीय विभिन्न क्षेत्रमा क्रियाशिल सामाजिक व्यक्तित्व, समाज सेवी तथा बुद्धिजिवीहरूको झाँक्रीथानमा गरिएको भेलाले यही साउन १३ गतेका दिन कमलप्रसाद बश्यालको अध्यक्षतामा उपाध्यक्ष तिलबहादुर चुहान, कोषाध्यक्ष हर्षबहादुर राना सचिव कमला सोमै तथा सदस्यहरू बिमला गैरे, खिमा बुढाथोकी, गिरीप्रसाद गैरे, मानकुमारी चुहान रहने गरी टोल विकास समिति गठन गरिएको छ ।

प्रभात टोल विकास संस्था नामाकरण गरिएको सो संस्थाले अबको ५ वर्षका लागि गाउँको सबै पक्षको समृद्धिका लागि खटेर लागि पर्ने समितिका पदाधिकारीहरूले जनाएका छन् । खानीगाउँका अन्य वार्डहरूमा पनि क्रमश स् समिति गठन गरिदै लगिने कुरा प्रतिनिधीहरूले जनाएका छन् ।

Comments
Loading...