कपिलवस्तु ।
कपिलवस्तुको कोइली नदीले बगाएर बेपत्ता भएका श्रीमान र श्रीमती मध्ये श्रीमतीको शव फेला परेको छ । श्रीमान भने अझै बेपत्ता रहेका छन । बिहान नदी पार गर्ने क्रममा दुबै जना बेपत्त भएकोमा श्रीमतीको शव फेला परेको हो ।
बगाएको केही स्थान अगाडि श्रीमतिको शव फेला परेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । मङ्गलबार बिहान १० बजे च्याउ खोज्न जाने क्रममा खोलाले बगाउँदा ३१ वर्षीया राममाया सुनारको मृत्यु भएको छ भने राम मायाको श्रीमान् ३६ वर्षीय दिलकुमार सुनार बेपत्ता भएका छन् । उनीहरुसगै नदी तर्न लागेका छोरालाई भने स्थानियले उद्धार गर्न सफल भएका थिए ।