कपिलवस्तु ।
वर्षेनी नाग पन्चमीका दिन नागले डसेर विरामी आउने गरेकोमा यसवर्ष पनि कपिलवस्तु गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा गोमन सर्पले डसेर उपचारका लागि बिरामी आएका छन् । रोल्पाको सुनिल स्मृति गाउँपालिका ३ का १६ बर्षिय सञ्जु रोका मगर उपचारका लागि आएका हुन् ।
यससंगै गत आर्थिक वर्ष २०७८र७९ को असार मसान्तसम्म उपचारका लागि जम्मा ७ सय २४ जना आएका छन् । जसमध्ये १४ जनाको रिफर गरिएको छ भने १ जनाको ज्यान गएको र अन्यको उपचार गरि निको पारिएको सर्पदंश उपचार केन्द्रका ब्यबस्थापक नविन भण्डारीले जानकारी दिए । त्यस्तै आर्थिक बर्ष २०७७र७८ मा भने सर्पदंशको उपचारका लागि आउने विरामीको संख्या ६ सय ८४ रहेको थियो ।
गर्मियाम र बर्षासंगै सर्पले डसेका बिरामीहरुको संख्या बढिरहेको छ । साउन महिनाको हाल सम्म मात्रै १ सय १७ जना उपचारका लागि आएका केन्द्रले जनाएको छ । पछिल्लो केहि बर्ष यता पहाडी जिल्लाबाट पनि सर्पदंशका बिरामी आउने गरेका छन् । तराईका कपिलवस्तु सहित पहाडका अर्घाखाँची, रोल्पा, दाङ, प्युठान लगायत पहाडी जिल्लाका विभिन्न ग्रामिण क्षेत्रका साथै भारतका छिमेकी ठाउँबाट पनि सर्पदंशका विरामी आउने गरेका छन् । उपचारका लागि आउने विरामी मध्ये गोमन सर्पले डसेकाको संख्या धेरै रहेको र नेपाली सेनाको तर्फबाट आवश्यक प्राविधिक सेवा निरन्तर दिईरहेको प्रमुख सेनानी उमेश श्रेष्ठले बताए ।
यस अघि सर्पदंका विरामीको उपचार बहादुरगंजमा हुने गरेकोमा त्यहाँ उपचार गर्न बन्द गरिए पछि यहाँ विरामीको चाप बढेको हो ।
सर्पदंश उपचार केन्द्र अत्यावश्यक र संवेदनशील भएकाले बुद्धभूमि नगरपालिकाले ब्यबस्थापन लगायको क्षेत्रमा प्राथमिकताका साथ सहयोग गरेका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । नगर प्रमुख श्रेष्ठले नगरपालिकाबाट एउटा एम्बुलेन्स, २ जना कर्मचारी सहयोग गरेको बताउदै आगामि दिनमा पनि निरन्तरता दिंदै जाने बताए ।
यस्तै उपचार केन्द्रलाई कपिलवस्तु लगायत अर्घाखाँचीका पालिकाहरुले पनि सहयोग गर्दै आईरहेको उपचार केन्द्रका ब्यबस्थापन भण्डारीले बताए ।
विगतको तुलनामा यस उपचार केन्द्रमा उपचारको व्यबस्थापन प्रभावकारी बन्दै गएको छ । उपचार केन्द्रमा एम्बुलेन्स, प्राविधिक तर्फ २ जना कर्मचारी सहित ब्यबस्थापनमा कमि नभएको उपचार केन्द्रका अध्यक्ष सुरज प्रताप राणाले बताए ।
विभिन्न मेला, महोत्सव तथा कार्यक्रमहरुमा नेपाली सेनाले सर्पदंश सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
शिवराज उच्च जोखिममा
यस सर्पदंश उपचार केन्द्रमा आउने विरामी मध्ये सबै भन्दा धेरै कपिलवस्तुको शिवराज नगरपालिकाका रहेको पाईएको छ । नगरपालिकाका वडा नं। १ र २ बाट सर्पदंशका विरामी बढी आउने गरेको उपचारमा संलग्न प्राविधिकले बताएका छन् । उक्त वडाबाट आउने विरामीहरुलाई विषालु सर्पले टाकेको पाईएको हो ।
