अर्घाखाँची ।
सिटिजन लाइफ इन्सोरेन्स कम्पनि लि अर्घाखाँची शाखाले एकै दिन २ बटा मृत्यु दावि भुक्तानी गरेको छ ।
फुलबारी साना किसान कृषि सहकारी सस्था लि. मालारानी गाँउपालिका वडा नः ६ रतनमारे मा सिटजन सुरक्षा योजना अर्न्तगत बिमित सुमित्रा सुनार र हरिकला पुन को कालगती को कारण मुत्यु पछी उहाँहरुको हकवा ला परिवारको सदस्य लाई मृत्यु दावि बापत दुवै परिवारका हकवाला सदस्य लाई प्रति परिवार रु.११०,०००/- का दरले जम्मा २२०,०००/- रकम भुक्तानी गरेको छ ।
उक्त कार्यक्रम मा सिटिजन लाइफ इन्सोरेन्स् क.लि . अर्घाखाँची का शाखा प्रबन्धक नारायण जि.सी . तथा मालारानी गाँउपालीका अध्यक्ष श्री दलबहादुर भट्टराई ले बिमित को हकवाला लाइ रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रम मा मालारानी गाँउपालीका उपाध्यक्ष साथै प्रशासकिय अधिकृत तथा सिटिजन लाइफ इन्सोरेन्स् क. लि . का एजेन्सी मेनेजर हरु को उपस्थीतीमा मृत्यु दाबी रकम हस्तान्तरण गरीएको थियो ।
उक्त कार्यक्रम मा बोल्दै मालारानी गाँउपालीका अध्यक्ष दलबहादुर भट्टराई उपाध्यक्ष दिपा पोख्रेल तथा प्रशासकीय अधिकृत लगायत अन्य बक्ताहरुले सिटिजन लाइफ इन्सोरेन्स् कम्पनि बीमा क्षेत्रको एक उदाहरणीय कम्पनी बनेको र दावी भुक्तानी पनी छिटो छरितो हस्तान्तरण गरेको मा धन्यवाद दिँदै आगामी दिनहरूमा सहकार्य गर्दै अगाडी बढ्ने कुरा पनी जानकारी गराउनु भयो ।