दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

सांसद अतहर कमाल : एम अधिकारी को हुन ?

0

काठमाण्डौ ।
सत्तारूढ नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । सांसद मुसलमानले सदनमा पटक–पटक उठेको एम अधिकारी को हुन् रु भन्ने विषय आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।

आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उहाँले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन वा होइनन् रु भन्ने कुरा आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसदले ढिलाइ गर्न नहुने बताउनुभयो । सांसद मुसलमानले भन्नुभयो, ‘यो सदनभित्र पटक–पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौँ । के हामी घर जाँदाजाँदा एम अधिकारीको पहिचान गर्न सक्छौँ रु किनभने सदनमा पटक–पटक उठेको विषयमा हामीले जनताको बीचमा गएर के जवाफ दिने हो रु एम अधिकारी को हुन् रु महाप्रसाद अधिकारी हुन् कि, माधव अधिकारी हुन् रु कहाँका बासिन्दा हुन । राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै किसान हुन् रु यसको जानकारी प्राप्त भयो भने सायद हामी जनताको माझमा जाँदा सदनमा हामीले एउटा व्यक्तिको पहिचान गर्न सक्यौँ भनेर भन्ने थियौँ ।’

नेकपा माओवादी केन्द्र की सांसद अञ्जना विशंखेले हरुवाचरुवा र कमलरीहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो । उहाँले संविधानले उनीहरूको जमिनको सुनिश्चितता गरे पनि त्यसअनुसारको व्यवस्था सरकारले अझै नगरेकोमा आक्रोश व्यक्त गर्नुभयो । सांसद विशंखेले उनीहरूको पुनर्स्थापनको व्यवस्था गर्न ढिलाइ नगर्नसमेत सरकारलाई सचेत गराउनुभयो ।

नेकपा एमालेकी सांसद आशाकुमारी विकले नासु भन्दा तल्लो तहका कर्मचारीको मनोबल घटाउने गरी तलब वृद्धि गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । शाखा अधिकृत भन्दामाथिको कर्मचारीको तलब २६ प्रतिशतसम्म वृद्धि गरेको तर नासु भन्दा तलका कर्मचारीको तलब १५ प्रतिशत मात्रै वृद्धि गरेर उनीहरूमाथि सरकारले अन्याय गरेको उहाँको भनाइ थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले समानुपातिक, समावेशी सहभागिता सुनिश्चित हुने गरी न्यायाधीशको नियुक्त गर्न सरकारसँग माग गर्नुभयो । उहाँले न्यायाधीशहरूको नियुक्ति संविधानले व्यवस्था गरेअनुसार समानुपातिक ढङ्गले हुने नगरेको भन्दै असन्तुष्टि जनाउनुभयो

bijayanagar
Comments
Loading...