दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

तनहुँमा करेन्ट लागेर बाबु–छोराको ज्यान गयो, आमा घाइते

0

तनहुँ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा रहेको गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हिजो बाबु–छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् ।

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पाल्पाको निस्दी गाउँपालिका–५ घर भइ शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उहाँका नौ महिनाका छोराको ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते हुनुभएको छ । चित्रबहादुर र उहाँको छोराको उपचारका क्रममा पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । ब्याम्बोकी श्रीमती दिलमायाको यही अस्पतालमा उपचार भइरहेको छ ।

mayadavi
Comments
Loading...