चेतन विष्ट, कपिलवस्तु ।
अर्घाखाँचीको शितगंगा १४ मा तिज गित प्रतियोगिता हुने भएको छ । हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसरमा १४ नम्बर वडाको आयोजनामा यहि भाद्र १२ गते वडा कार्यलयमा तिज गित प्रतियोगिता हुने भएको हो ।
उक्त प्रतियोगितामा सहभातिगा जनाउनको लागी सोहि वडा भित्र रहेका विभिन्न क्वव, समुह, सहकारी तथा संघ सस्था लगायत वडा भित्रका दिदिबहिनिहरु लाई समयमै आफ्नो टिम दर्ता गर्न वडाले आग्रह गरेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु ७५००, द्धितिय पुरस्कार रु ५०००, तृतिय पुरस्कार रु ३०००, र सान्त्वना पुरस्कार रु १५०० सहित प्रमाण पत्र प्रदान गरीने वडाले जारी गरेको सुचनामा उल्लेख गरीएको छ ।
सहभागी हुन इच्छुक वडा भित्रका सम्पुण समुह लाई यहि भाद्र १२ गते विहान १०ः ३० बजे सम्म टिम दर्त गराइसक्न र दर्ताको लागी कुनै शुल्क नलाग्ने पनि वडा अध्यक्ष दामोदर न्यौपानेले ले आग्रह गर्नुभएको छ । टिम दर्ता गर्नको लागी ९८५७०६९४१ र ९८५७०६९८१४ मा सम्पर्क गर्न सकिने छ ।
