सब डिभिजन बन कार्यालय पटना कपिलबस्तु

महिला र पुरुष बराबर हुन् – बुद्धभूमि जेसिस अध्यक्ष घिमिरे

0

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी बुधबार मनाइँदैछ । नेपालसहित विश्वभर बुधबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुद्धभूमि जेसिसले शुभकामना व्यक्त गरेको छ। बुद्धभूमि जेसिस वर्ष २०२३ का अध्यक्ष बाबुराम घिमिरेले महिलालाई पुरुष बराबर अधिकार दिने नभई महिला पुरुष बराबर रहेको बताउनु भयो।
महिला र पुरुष दुबैको हातेमालो, सामुहिक सोच, एक आपसमा सम्मान एवम् सद्भाव र पुरुषवादी एकल सोचको अन्त्यले हिंसा न्यूनीकरण हुने बताउनुभयो। सबैको सामुहिक सोच, सकारात्मक चेत र प्रयत्नले मात्र महिला हिंसा कम गर्न सकिने घिमिरेले बताउनुभयो।

Comments
Loading...