महिलालाई आत्मनिर्भर बनाउन सिलाई मेसिन

0

कृष्ण पौडेल, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको ६ नम्बर वडा कार्यालय महिलाहरुलाई सिलाई मेसिन वितरण गरेको छ । उनीहरुलाई आत्मनिर्भर बनाउन सिलाई मेसिन वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

सिलाई मेसिनले उनीहरुको जीवनस्तर माथि उकास्न टेवा पुग्ने भन्दै वडा नम्बर ६ को कार्यालयले सिलाई मेसिन निःशुल्क वितरण गरेको हो । वडा अध्यक्ष प्रेम बहादुर कलवारले शुक्रबार २१ जना महिलाहरुलाई सिलाई मेसिन हस्तान्त्रण गरेको बताए । महिलाहरुलाई सिलाई पेसातर्फ आकर्षित गरि आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन वितरण गरिएको वडा अध्यक्ष कलवारले बताए ।

सिलाई कटाई पेसा आर्थिक सबलताको एक महत्वपूर्ण पाटो भएको बताउँदै यस पेसाबाट मनग्य आम्दानी गर्न सकिने उनलको भनाई छ । उहाँले आफुले सिकेको सीपलाई सक्दो उपयोग गर्न आग्रहसमेत गर्नु भएको छ । सिकेको सिपलाई प्रविधियुक्त बनाउन पुर्नःताजगी तालिमका लागि गाउँपालिकामा पहल गर्ने उनले बताए ।

civil bank
Comments
Loading...