दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

तनहुँमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

0

काडमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोमा माटोको ढिस्कोमा पुरिएका दुई जनाको मजदुरको मृत्यु भएको छ ।

पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत गुणादीमा सडक छेउमा पर्खाल लगाउने क्रममा माथिबाट खसेको पहिरोमा पुरिएका तीन जना मजदुर मध्ये दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार साँझ पहिरोमा परी घाइते भएका झापाको शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षीय बलबहादुर राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भुजेलको उपचारका क्रममा दमौली अस्पतालमा र राइको पोखरामा मृत्यु भएको हो । झापाको शिवशताक्षी –७ का ४५ वर्षीय कृष्ण लिङ्देनको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु मुग्लिन–पोखरा सडक विस्तारमा काम गर्ने मजदुरहरु रहेको र सडक छेउमा पर्खाल निर्माणका क्रममा उनीहरुलाई माथिबाट माटोको ढिस्कोले पुरेको थियो ।

aataal sement
Comments
Loading...