दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

सवारी चालकलाई विमा तथा भलाई कोष सम्बन्धि अभिमुखिकरण

0

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सवारी चालकलाई विमा तथा भलाई कोष सम्बन्धि अभिमुखीकरण गरिएको छ। सनिबार हेमन्त अनलाइन सेवाको आयोजनामा बुद्धभूमि २ गोरुसिङ्गेमा जनप्रतिनिधि, शिक्षक, सवारी धनि, समाजसेवी, विभिन्न सामाजिक व्यक्तित्व बुद्दिजिविलाई सवारी विमा र भलाई कोषको बारेमा अभुमुखिकण गरिएको हो।

कार्यक्रममा यातायात मजदुर तथा व्यवसायी भलाई कोषका केन्द्रिय अध्यक्ष दिनेश फुल्लेलले भलाई कोषले सवारी दुर्घटनाबाट हुने घटनामा सवारी साधन देखि सवारी चालक सम्मलाई सहजीकरण गर्ने देखि विमा रकमका लागि आवश्यक सम्पुर्ण काम आफै गर्दिने हुदा सवारी धनिलाई झनझटिलो प्रक्रियामा अल्जिरहनु नपर्ने बताए। उनले आवश्यक ठाउँमा कानुनि पैरवी समेत गर्ने जानकारी दिए। ठुला मालबाहक समारी साधन मात्र नभएर दुई पाङ्ग्रे सवारी साधान सम्मको भलाई कोष काट्न सकिने बताए। उनले विमाले सिमित रकम मात्र भुक्तानी गर्ने भएकाले भलाई कोष काटेमा सम्पुर्ण जिम्मा यसले लिने बताए।

कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले विमा जस्तो महत्व पुर्ण विषय र भलाई कोष सम्बन्धि विषय भएकाले सवारी साधन चलाउदा नभई नहुने गर्ने पर्ने विमाको महत्वको रहेको बताउदै विमाको विषयमा लापरवाही गर्ने र दुर्घटना घटी सके पछि पछुताउने बानि रहेको बताए। कुनै पनि ठाउँमा आफु सुरक्षित हुन् विमा अति आवश्यक भएकाले कुनै पनि चिजको विमा गर्न जरुरि रहेकाले यसको महत्व बुझ्न निकै जरुरि रहेको बताए। उनले विमाले ५ लाख सम्म दिने भएकाले भलाई कोष संग जोडिएर थप जोखिमबाट जोगिन आवश्यक रहेको बताए।

हेमन्त अनलाइन सेवाको आयोजनामा भएको कार्यक्रममा यातायात मजदुर तथा व्यवसायी भलाई कोषका केन्द्रिय अध्यक्ष, जनप्रतिनिधि, बिमा कम्पनीका प्रतिनिधि , व्यवसायी, विद्यालायका प्रध्यानध्यापक पत्रकार, लगायतको उपस्थिति रहेको थियो।

bijayanagar
Comments
Loading...