दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

प्रविधि संगै हराए हाल गोरु

0

सुशील गैरे कपिलवस्तु,

विहानै झिसमिसमा काधमा हलो हातमा लाढि लिहेर हिड्ने किसान देखिन छाडेका छन।  प्रविधिको बढ्दो प्रयोग संगै गाउँघरमा गोरु पाल्नै छाडिएको छ। घन्टौ लाग्ने काम प्रविधिको प्रयोगले मिनेटमै हुदा किसानको आकर्षण प्रविधिमा बढेको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा १  भेलाईका राम बहादुर थारु लामो समयदेखि कृषि पेसामा आबद्ध छन्। भेलाईमा उनको १२ बिघा जमिन छ। उनले खेतीपातीका लागि खेत जोत्न  गोरुको प्रयोग गर्न छाडेको वर्षौ भइसक्यो । खेत जोत्नका लागि उनी ट्याक्टरको प्रयोग गर्छन्। महिनौ लगाएर खेत जोत्ने र रोपाई गर्ने उनि अहिले १ सातामै सक्ने गरेका छन। “अगाडि गोरुले खेत जोत्थे, अहिले ट्याक्टर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ”, उनले भने।
“पहिले-पहिले परम्परागत तरिकाले खेती गर्थौ, त्यसले जनशक्ति र लागत बढी लागे पनि उत्पादन कम हुन्थ्यो”, चौधरीले भने, “अहिले कृषि यन्त्र उपकरणको प्रयोगले खेती गर्दछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ।”
विगतका वर्षमा जस्तो असार लागेपछि खेत जोत्ने चटारो अहिले किसानमा छैन। हलगोरुको ठाउँमा विभिन्न मेसिनरी प्रविधिको प्रयोगमा आएपछि असार लागे पनि विगतका वर्षमा जस्तो पछिल्ला वर्षमा चटारो हुन छाडेको बुद्धभूमि १ बसन्तपुरकि मिना खनाल बताउछिन। युवा जनशक्ति अध्ययन, रोजगार, विभिन्न पेसा, व्यवसाय तथा विविध कामको सिलसिलामा गाउँदेखि सहर, बजार तथा विदेशमा हुदा मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा प्रविधिले टेवा पुगेको खनालको भनाई छ। “विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छ”, उनले भनिन्, “अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक-दुई सातामै सकिन्छ।”
गोरुपालन तथा गाउँका खेतबारी जोत्ने व्यक्तिको अभाव छ। समयानुकूल विभिन्न प्रविधिको विकास भए संगै परम्परागत पेसा हराउन पुगेको हो । प्रविधिको बढ्दो प्रयोगले गाउँघरमा गोरुपालन गर्ने चलन छैन। परम्परागत तवरले गोरुका माध्यमबाट रोपिने धान अहिले कृषि यान्त्रिकीकरणको सहायताबाट रोपिन थालिएपछि गोरुपालन गर्न किसानले छाडेका हुन्।

एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनिटिलर, ट्र्याक्टरबाट छोटो समयमा सम्पन्न हुने हँुदा यसप्रति कृषकको आकर्षण बढेको हो। आकाशेपानी परेको मौका छोपेर धान रोप्नुपर्ने भएकाले एक दशकयता गोरुले खेत जोत्न छाडेको रामसरण दर्लामी बताउँछन्। गोरुले रोपाइँ गर्दा एक हप्ता दश दिन अघिदेखि हल, खेतालाको बन्दोबस्त गर्नुपथ्यो, अहिले सजिलो भएको उनि बताउँछन्। “कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश कृषि यन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उनले भने, “यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ।”
“कृषि कर्ममा प्रयोग हुने नयाँ-नयाँ यन्त्र, उपकरणका कारण परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छ । कृषि र अन्य क्षेत्रमा विभिन्न यान्त्रिकीकरणको प्रयोग हुन थालेपछि ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने सयौँ श्रमिक, मजदुरहरुको आम्दानीको स्रोत नै गुम्दा मजदुर विस्थापित हुन पुगेका छन ।

Comments
Loading...