कपिलवस्तु। नेपाली परम्परा अनुसार आज खिर खाने चलन छ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ ।
असार श्रावणमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ । १५ असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ । श्रावण महिनाभर पायक पर्ने दिनमा खिर खाने चलन बसेपनि साउन १५ लाई भने विशेष दिन मानिन्छ ।
परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ ।