सब डिभिजन बन कार्यालय मोतीपुर कपिलबस्तु

डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान

0

कपिलवस्तु। लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमणबाट फैलिन नदिन दुर्गा भवानी सरसफाई तथा खानेपानी उपभोक्ता समितिले लार्भा खोज र नष्ट अभियान सञ्चालन गरेको छ । दुर्गा भवानी सरसफाई तथा खानेपानी उपभोक्ता समितिले लामखुट्टेको बासस्थान रहेको टायर, ड्रम, गमला, खाल्डाखुल्डी, नालीमा लामो समयदेखि जमेको पानीको सरसफाई तथा घर वरिपरि रहेको झुडिको सरसफाई गरिएको संस्थाका अध्यक्ष जीवन जी सीले बताउनुभयो ।

‘यो अभियान निरन्तर जारी रहन्छ,‘डेंगु नियन्त्रणको घरभित्र र वरिपरि पानी जम्न नदिन टोलबासीलाई नियमित सरसफाई गर्न अनुरोध गरिएको छ’ अध्यक्ष जिसीले भन्नुभयो ।

Open photo

आ-आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेंगु नियन्त्रणको उपाय रहेकाले टोलबासीको नियमित सरसफाईसँगै थप कार्ययोजना बनाएर काम गर्ने अध्यक्ष जिसीले बताउनुभयो। उहाँका अनुसार टोलमा नियमित सरसफाई गर्ने स्थान बाहेक घरघरमा समेत सरसफाई सहितको अभियान सञ्चालन गर्ने बताउनुभयो ।

डेंगु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ। यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ । डेंगु लामखुट्टको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो।

Comments
Loading...