प्रहरीमा थुनिएकाे बालबालिकाकाे भविष्य …………..
प्रअ र अध्यक्षले शिक्षक नियुक्ति नगरे पछि विद्यालयमा तालाबन्दि
सुशील गैरे कपिलवस्तु,
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको श्री नेपाल राष्टिय माध्यमिक विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् । शैक्षिक सत्र सुरु भएपछि राहत दरबन्दीका तीन शिक्षक नियुक्त नहुँदा पढाइ अलपत्र भएको भन्दै अभिभावकले तालाबन्दी गरेका हुन्। विद्यालयले वैशाख ११ गते विज्ञापन आह्वान गरेर जेठ ३२ गते लिखित परीक्षा लिएको भए पनि अहिले सम्म नतिजा प्रकाशित गरेको छैन।
राहत कोटा अन्तर्गत उच्च मावि तहको लेखा र माध्यमिक तहको अंग्रेजी र गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या देखिएको छ। नतिजा सार्वजनिक गर्न स्थानीय पटक पटक विद्यालयमा डेलिकेशन जाने गरेको भए पनि प्रअ बाबुराम थारुले यस प्रति कुनै ध्यान नदिएको अभिभावकले आरोप लगाएका छन। उत्तर पुस्तिका परीक्षण गरेर नजिता प्रकाशन गर्ने बेला दाँत दुख्यो भन्दै भागेका अध्यक्षलाई लिन गएका विद्यालयका प्रअ बाबुराम थारु सम्पर्क बिहीन भएपछि पालिका र विषय विज्ञले मुचुल्का उठाएर इलाका प्रहरी कार्यालय गोरुसिंगेलाई उत्तर पुस्तिका बुझाइएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पाण्डे र विद्यालयका प्रअ बाबुराम थारुले आफुले चाहेका मान्छे नभए पछि नतिजा प्रकाशन गर्न नचाहेको अभिभावकको आरोप छ। यता अध्यक्ष पाण्डेले भने परिक्षामा धाधली भएकाले नतिजा प्रकाशित नगरेको बताए। उनले आफुले कुनै मान्छे चाहेको नभएर योग्य मान्छे नै आउनु पर्ने बताए। आइतबार नै मिटिङ्ग बसेर तालाबन्दी खोल्ने प्रकियामा जाने बताए। विध्यलायाका प्रअ थारुले विद्यार्थीको भविष्यमाथि खेलवाड नभएको र नियमित कक्षा संचालन भई रहेको बताए। उनले हलो अड्काएर गोरु चुट्ने काम भएको भन्दै यसको समाधान भनेकै पुन परिक्षा रहेको बताए।
बुद्धभूमि नगरपालिकामा परिक्षामा धाधली भएको र छानबिनका लागि पत्र आएकाले विज्ञ टोलीले प्रश्न काट्ने र चेकजाच गर्ने भएकाले टोलीलाई नै राखेर विज्ञ टोलीको रोबरमा निर्णय गर्न पत्राचार गरिएको बुद्धभूमि नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले बताए।
यता बुद्धभूमि नगरपालिका ३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्य (विकास) ले परिक्षामा उत्तिण भएकालाई पुन परिक्षा दिन लगाउनु गलत भएको भन्दै अब क्रमश प्रक्रिया अगाडी बढाउनु पर्ने बताए। महिना दिन देखि अलपत्र भएको नजिता सार्वजनिक नभए सम्म अभिभावकले ताल नखोल्ने बताएका छन ।