दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

मर्यादित महिनावारी युवाको भुमिका बिषयक पहिलो भर्चुअल कार्यक्रम सम्पन्न

0

उर्मिला यादव
नवलपरासी , १३ भदौ
नारीका लागी उपहार अभियानले आज मर्यादित महिनावारी युवाको भुमिका बिषयक पहिलो भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । नारीका लागी उपहार अभियानका संस्थापक अध्यक्ष समिर परियारको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमले महिनाबारी मैत्री समाज निमार्ण गर्न र समाजमा रहेका महिनावारी सम्बन्धी कुसस्कारहरुको अन्त्य गर्दै सकरात्मक परिवर्तन ल्याउनका लागी पहिलो भर्चुअल कार्यक्रम सम्पन्न भएको हो ।
मर्यादित महिनावारीका अभियानकर्ता आश्विन कार्की र संघिय युवा क्लब संजालका अध्यक्ष बिबेक त्रिपाठीले मर्यादित महिनावारीमा युवाको भुमिकाको बिषयमा बताउदै महिनावारी एउटा प्राकृतिक देन भएकोले गर्दा महिनावारीलाइ गलत रुपमा नलिइ यसलाइ सकरात्मक रुपमा लिएर यस बिषयमा समाजमा परिर्वतन ल्याउन जरुरी रहेको बताउनु भएको थियो । उहाले नारीका लागी उपहार अभियान नै युवापुस्तालाइ महिनावारीमा खुलेर बोल्ने सक्ने क्षमताको बिकास गर्न र महिनावारी मैत्री समाज बनाउनका लागी सबै युवामा जोड दिने उदेश्यका साथ पहिलो भर्चुअल कार्यक्रम आयोजना गरेको बताउनु भएको थियो ।
नारीका लागी उपहार अभियानले समाजमा जडा गाडेर रहेको महिनावारी सम्बन्धि गलत बिचारलाइ परिवर्तन गर्नका लागि विभिन्न कार्यक्रमहरुको निरन्तरता दिदै आएको छ । यो अभियानले घरायसी प्याड निर्माण गर्ने तालीम देखि लिएर महिनावारी सम्बन्धि अन्तर पुस्ता भिडयो प्रतियोगिता लगायत जन्म दिनको उपहार स्वरुप प्याड दिने जस्ता कार्यक्रम गर्दै आएको यस अभियानका संस्थापक अध्यक्ष परियारले बताउनु भयो । उहाले यो अभियान मार्फत महिनावारी सम्बन्धि बहसलाई निरन्तरता दिनुका साथै विभिन्न सरोकारवालाहरु संग पनि बहस गर्दै जाने बताउनु भएको छ । अध्यक्ष परियारले ब्यक्ती ,घर ,परिवार र समाज गर्दै देशलाई नै महिनावारी मैत्री बनाउने सोचका साथ कार्य गर्दै आएको समेत जानकारी दिनु भयो।
कार्यक्रममा जि .बी न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रममा नारीका लागी उपहार अभियानका कार्यक्रम संयोजक सरीसमा अधिकारी, कामना फाउन्डेसन नेपालका अध्यक्ष खिमानन्द देवकोटा , वेद संजालका अध्यक्ष रोशनी राना, बालमैत्री सहजकर्ता सुम्निमा पन्थी , लगायतले शुभकामना मन्त्ब्य राख्नु भएको थियो भने सहभागीको तर्फबाट प्रेमा पराजुली , सौरभ न्यौपानेले आ आफनो धारणा राख्नु भएको थियो । नारीका लागी उपहार अभियानकता बबिता परियारले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न जिल्लाका ९० जनाको युवा युवतीहरुको सहभागिता रहेको थियो । नारीका लागी उपहार को आयोजना , संघिय युवा क्लब संजाल , वेद संजाल, कामना फाउन्डेसन नेपालको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा बाल आवाज , रेडियो संदेश , सुनवल बजार डटकम मिडिया पाटर्नरको रुपमा रहेका थिए ।

mayadavi
Comments
Loading...