कपिलवस्तु जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि एक हप्ता का लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार कोरोना भाइरस संकट व्यवस्थापन समितिले बैठक बसेर भदौ १५ गतेदेखि भदौं २२ गते राति १२ बजेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।
खाद्यान्न तथा तरकारी किनमेलका लागि बिहान ८ देखी १० बजे सम्मको समय छुट्याइएको छ भने बैंक तथा वित्तिय संस्थाका लागि बिहान १० बजे देखी दिउँसो १ बजे सम्मको समय तोकिएको छ।
अत्यावश्यक वस्तु ढुवानी गर्ने साधन, एम्बुलेन्स र शवबाहनलाई जिल्ला भित्र रोक्न, चढ्न ओराल्न र झार्न नपाउने गरि संचालन गर्न दिइएको छ । उद्योगधन्दा, कलकारखानालाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्यूनतम मापदण्ड अपनाएर संचालन गर्न दिइएको छ ।