दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

कोरोना संक्रमणबाट भारतीय चर्चित पत्रकार रोहित सरदानाको मृत्यु

0

नयाँ दिल्ली । कोरोना भाइरस संक्रमणका कारण भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सरदानाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार पत्रकार सरदानाको शुक्रबार (आज) विहान दिल्लीस्थित एक अस्पतालमा ४१ वर्षको उमेरमा मृत्यु भएको हो ।

केही दिन पहिले पत्रकार सरदानालाई कोरोना संक्रमण पुष्टि भएको थियो । रोहित सरदानाको निधनप्रति सामाजिक सञ्जालमा राजनीतिज्ञ र सेलेबे्रटीहरुले शोक व्यक्त गरिरहेका छन् ।

उनले आजतकमा ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । उनको पछिल्लो समय आजतक च्यानलमा कार्यरत थिए ।त्यसोत, रोहित सरदाना जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट उनी निकै चर्चित थिए । उनले पहिले ईटीभी नेटवर्क र आकाशवाणीसँग पनि काम गरिसकेका थिए।(news24nepal)

mayadavi
Comments
Loading...