शिक्षक/विद्यार्थीलाई खोपको व्यवस्था गर्नुपर्ने लगायत माग राख्दै नेपाल शिक्षक महासंघको आयोजनामा ३ घण्टा धर्ना
कमला घिमिरे
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा शिक्षक तथा शिक्षिकाहरुले ३ घण्टा धर्ना दिएका छन् । शिक्षक/विद्यार्थीलाई खोपको व्यवस्था गर्नुपर्ने लगायत माग राख्दै नेपाल शिक्षक महासंघको आयोजनामा ३ घण्टा धर्ना दिएका हुन् । शिक्षकको बढुवा हुनुपर्ने, कर्मचारी तथा बालविकास सहयोगीको तलब वृद्धि गर्नुपर्ने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि राखेका छन् ।
यस्तै विभिन्न ३४ सूत्रीय माग राख्दै नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका अन्य ५ वटा स्थानीय तहमा पनि शिक्षकले ३ घण्टा धर्ना दिएका छन् ।
