ओखलढुङगा : लिखु गाउँपालिका-८ टारकेराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ । देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको बेला चट्याङ लागेको थियो ।
चट्याङ लागेर घाइते भएका उनीहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाइएकोमा उपचारको देवबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मेघबहादुरलाई भने थप उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल रिफर गरिएको छ।