बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ । हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उहाँप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो ।
विश्वासको मत लिनका लागि उनले आजै पार्टीका सांसदहरूको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ । -रासस