कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नं–३ जमोहरा गाउँको नजिकैको पोखरीमा एक जना पुरुष मृत्यु अवस्थामा फेला परेको छन् । ४५ वर्षिय सत्य नारायण पासी छारे रोगबाट ग्रसित थिए । प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार राति आफ्नो घरबाट बाहिरानिस्केका थिए । बिहान पोखरीमा शव फेला परेको छ ।
स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमर्टमको लागि कपिलवस्तु अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।
