दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

शिवराजका डम्पिङमा छड्के अनुगमन

0

राम अवतार चाैधरी

कपिलवस्तुकाे शिवराज नगरपालिकाले डम्पिङ गरि राखेकाे नदिजन्य पदार्थको अनुगमन गरेकाे छ । नगर प्रमुख अजय थापासहितकाे एक टाेलीले साेमबार अनुगमन गरेकाे हाे ।

नगरपालिका वडा नम्बर-२ हरहट्टीमा नदिजन्य पदार्थ चोरी गरि डम्पिङ गरि राखिएको अवस्थामा प्रमुख थापा सहित  वडा अध्यक्ष राम बहादुर चाैधरी, इन्जिनियर राम जी थापा, सूचना अधिकारी डिल्लीराज भट्टराई, राजस्व शाखा प्रमुख बिपिन खनाल, पत्रकार लगायतको टाेलीले अनुगमन गरेकाे नगरपालिकाले जनाएको छ ।

श्याम मिश्रको निर्माणाधीन नम्किन कम्पनी परिसरमा र सुरही नदिकाे किनारमा सार्वजनिक जग्गामा डम्पिङ गरि राखिएको बालुवाको समेत नापजाँच गरि नगर प्रमुख थापाले कागज पत्र पेश गर्न आदेश दिएका थिए । अवैध रुपमा डम्पिङ गरिएका नदिजन्य पदार्थको कागजात पेश नभएकाेले पालिकाले जफत गरि सम्बन्धितलाई कानुन बमोजिम कार्वाही अघि बढाइएकाे उनकाे भनाइ छ ।

अवैध तरिकाले चोरी निकासी गरि डम्पिङ अनुमति नलिई नदिजन्य पदार्थ राखिएकाे पाइएका बालुवा नगरपालिकाले जफतगरि कानुनी प्रक्रिया अगाडि बढाएकाे थापाले बताए ।
अवैध गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कार्वाहीकाे प्रक्रिया अघि बढाउने कामको सुरुवात गरिएको उनले बताए । जाे सुकै भए पनि चाेरी निकासी गर्नेहरुलाई कार्वाही गर्ने जिकिर गर्दै यस्ता क्रियाकलाप नियन्त्रण गर्न सबैकाे हातेमालो जरुरी रहकाे नगर प्रमुख थापाले जनाए ।

नगर प्रमुख अनुसार चाेरी निकासी बढेकाले नगरपालिकाले ठेक्का खुलाउँदा ठेक्का नलाग्ने समस्या हुने गर्दछ । ठेक्का नलाग्दा स्थानीय राेजगारीबाट बञ्चित हुनुपरेको छ । चाेरी निकासी गर्नेलाई विगतमा १० हजार जरिवाना थियाे , भने यस आर्थिक बर्ष २०८०/०८१ पहिलाेपटकलाई टिप्परलाई ५० हजार र जेसिवीलाई १ लाख जरिवाना गरिएको छ ।

यसैबीच वडा नं.- २ का वडा अध्यक्ष राम बहादुर चाैधरीले पछिल्लो समय चारी निकासका घटना बढेकाेले सूचना दिन आग्रह गरे । नदि जन्य पदार्थ संरक्षण गर्नु सबैकाे दायित्व रहेकाेले चाेरी निकासीमा संलग्न हुने जाे कसैलाई नछाड्ने बताउँदै सुरक्षा निकाय कडाइ गर्नुपर्नेमा उनले जाेडदिए ।

सार्वजनिक जग्गा डम्पिङ गरकाे करिब ८ टिप्पर बालुवा नगरले जफत गरेकाे इन्जिनियर राम जी थापाले बताए ।
यसबारे थप अनुसन्धान भइरहेकाे वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक शेखरजङ्ग मल्लले जनाए ।

Comments
Loading...