दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

नेपाल लघुबित्त बैङ्कर्स संघ नवलपरासी द्वारा जिल्ला प्रसासन कार्यालयलाई ज्ञापन पत्र

0

नेपाल लघुवित्त बैङ्कर्स संघको निर्णय बमोजिम आज देशका ७७ ओटै जिल्ला प्रसासन कार्यालयमा लघुबित्तकर्मिहरुले ज्ञापन पत्र बुझाएका छ्न।

सोही अनुसार आज नवलपरासी (ब.सु.प) जिल्ला मा १०५ जना लघुबित्तकर्मी हरुले जिल्ला प्रसासन कार्यालय मा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएका छ्न।हाल बित्तिय क्षेत्रका कर्मचारीमाथी विभिन्न अराजक ब्यत्ती र सङ्गठनले दिनानुदिन आक्रमण गरेको हुदा हाल राज्य समेत मुखदर्शक भएको हुदा अब यस्तै अबस्था रहे काम गर्न नसक्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

लघुबित्त सस्थाहरुले ३ दशक देखि ग्रामिण ठाउमा काम गरेर बित्तिय साक्षरता, सगै समाज रुपान्तरण गरेको ईतिहास भुल्न नहुने भन्दै हाल विभिन्न समुहले लघुबित्तलाइ प्रहार गरेको राज्यले मुखदर्सक भएर हेर्न नहुने निर्धन उत्थान लघुबित्त बेलाटारी शाखाका प्रमुख लक्ष्मण सापकोटाले बताए।

राष्ट्र बैकले इजाजत दिएको सस्था राष्ट्रबैक ले नियमन गर्ने निकाय लघुबित्त भएको हुदा यसबारे गलत भ्रम लघुबित्त बिरोधिले छरेको हुदा त्यस्ता कुराको पछि नपर्न समेत अनुरोध गरिएको छ।

civil bank
Comments
Loading...