कपिलवस्तुमा एक बर्षमा २१ हजार बढीले नागरिकताको प्रमाण पत्र लिएका छन । आर्थिक बर्ष २०७९-०८० मा कपिलवस्तुबाट २१ हजार १६४ नागरिकता प्रमाण पत्र जारी भएका हुन्। आर्थिक बर्ष २०७८-०७९ मा ३२ हजार ८०४ जनाले नागकिरता बनाएका थिए । बंशज, बैवाहिक अंगीकृत, जन्मसिद्ध नागरिकता बितरण गरिएका हुन। गत आर्थिक बर्षको चैत ४ गतेदेखि नेपाल नागरिकता (पहिलो संंशोधन ) ऐन २०७९ ले गरेको नयाँ ब्यवस्था अनुसार १ हजार २६४ जनाले नागरिकताको प्रमाण पत्र पाएका हुन। जन्मसिद्ध नागरिकता लिएकाहरुको संतानले सो नागरिका पाएका हुन्। यस्तै प्रतिलिपी नागरिकताको प्रमाण पत्र १६ हजार ७२१ जनाले बनाएका छन्। प्रशासन कार्यालयको प्रशासन फाट अनुसार एक बर्षमा १७ हजार ५०९ जनाको राहदानी बितरण गरिएका छन्। राहदानी सिफारिस १५ हजार २१७ जनाको गरिएको छ।
यस्तै द्रुत राहदानीका लागि ३ सय २० जनाले सिफारिस लगेका छन्। प्रशासन कार्यालयबाट गत चैत २२ गते देखि राहदानीकालागि लाईभ इनरोेमेन्ट ५ हजार ८१५ जनाको गरिएको छ। नागरिकता जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटा बन्ने गरेका छन्। राहदानी भने जिल्ला प्रशासन कार्यालयमा मात्र बन्ने गरेको छ। २४ हजार ३३७ जनाको राष्ट्रिय परिचय पत्र बितरण गरिएका छन्।
यस्तै राष्ट्रिय परिचय पत्र अभियानबाट २ लाख ७१ हजार ३२ जनाको बितरण गरिएको सहायक प्रजिअ अनिल पौडेलले बताए। एक बर्षमा ५४ संस्था दर्ता, २ सय १३ संस्था नविकरण, हातहतियार दर्ता एक, हातहतियार नविकरण २ सय ३१ जनाको गरिएको छ। नागरिकता राहदानी राष्ट्रिय परिचय पत्रका कारण भीड नै लाग्ने गरेको छ। राष्ट्रिय परिचय पत्र, नागरिकता र राहदानीकालागि छुट्टा छुट्टै फाटको ब्यवस्था गरिएका छन्।
नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रकालागि लाग्ने गरेको भीडका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको छ । सेवाग्राहीको चापका कारण नागरिकता र राहदानीकालागि छुट्टै ब्यवस्था गरिएको सहायक प्रजिअ अनिला पौडेलले बताए। प्रजिअ शंकरहरि आचार्यले प्रभावकारी र छिटो सेवा दिन गत बैशाख देखि शनिवार बाहेकका सार्वजनिक बिदाका दिन समेत सेवा दिने ब्यवस्था गर्दै आएको बताए। यस्तै २ सिफ्टमा सेवा दिने गरिएको उनले बताए। सेवाग्राहीलाई चाडो र प्रभावकारी सेवा दिने सोच भए पनि कर्मचारी अभाव र सेवाग्राहीको चोपले गर्दा गाह्रो परेको बताए। उनले सके सम्म चाडो सेवा दिन सबै फाटका प्रमुखलाई निर्देशन दिएको उनले बताए। नागरिकता सम्बन्धी बिधयेक पास भए पछि प्रशासन कार्यालयमा नागरिकताका लागि झनै भिड हुने गरेको छ।