ब्याज घटाइदिने भन्दै घरमै गएर बलात्कार

0

मिटरब्याज र शोषण सुदूर मधेशको कथा मात्र होइन, राजधानी उपत्यकामै पनि त्यस्ता व्यक्ति भेटिएका छन् जसले ऋणी महिलालाई आर्थिक र मानसिक मात्र होइन, शारीरिक शोषण पनि गरेका छन् । उपचारका लागि ऋण लिएकी एक महिलाबाट एक आफन्तले पटकपटक बलात्कार पनि गरेको खुलेको छ । गोपनीयता खुलाइदिने धम्की दिएर उनको सम्पत्ति पनि हडपिएको थियो । अति भएपछि आवाज उठाएकी महिलाको उजुरीका आधारमा आरोपी पक्राउ परेका छन्  ।

ललितपुर ठेचोकी सुजा (परिवर्तित नाम) ०६१ सालमा प्रेमविवाह भयो, ०६३ सालमा छोरी जन्मिइन् । श्रीमान् जाँडरक्सीको कुलतमा रहेकाले छोरीसहित परिवार पाल्नुपर्ने जिम्मेवारी उनकै थियो । छोरी जन्मिएपछि दुई वर्ष गलैंचा बनाउने काममा लागिन् । उता, श्रीमान्ले ०६५ मा अर्को विवाह गरे । प्रेमपूर्वक श्रीमान्सँग गएकी सुजा बाध्य भएर माइती फर्किन् ।माइतीले साढे दुई आना जग्गामा बनेको तीन कोठाको घर सुजाकै नाममा गरिदिए । छोरी हुर्काउँदै घरको एउटा सटरमा चिया पसल खोलिन् । ससुरा बिरामी भएपछि उनको स्याहार गर्ने मान्छे खोज्दै श्रीमान् आए, उनले सुजालाई फकाइफुल्याई गरे । बाँकी श्रीमान् र कान्छी श्रीमतीको घरजम एक वर्षमा टुटिसकेको थियो, त्यसैले सुजाले पनि पतिलाई ‘माफी’ दिइन् ।

उपचार खर्च नभएपछि दाइ पर्ने छिमेकी सुर्जमान मालीसँग ५० हजार रुपैयाँ सापटी मागिन् । उनले मासिक पाँच हजार ब्याज दिने मौखिक सर्त थियो । एक महिनापछि स्वावलम्बन लघुवित्तबाट ५० हजार ऋण लिएर थपथाप गरी सुर्जमानलाई ५५ हजार रुपैयाँ फर्काइन् । सुर्जमानको ऋणबाट मुक्ति पाए पनि लघुवित्तमा ब्याज थपिँदै थियो । ससुराको हेरचाहमा लागेपछि चियापसल बन्द भयो । अन्य आयस्रोत थिएन । लघुवित्तबाट ऋण लिएको ५० हजारमा ब्याज थपिएर ७० हजार पुगेको थियो । ऋणबाट मुक्ति पाउन उनले फेरि सुर्जमानबाटै ७० हजार लिएर लघुवित्तमा तिरिन् । सुर्जमानको ब्याज दर पुरानै थियो– १० हजारको मासिक १ हजार १ । यो दरले ७० हजारको सात हजार मासिक ब्याज पर्थ्यो ।

झन्डै ६ वर्ष बित्दासम्म उनले कसै गरेर चुक्ता गर्न नसक्ने भएपछि माइती गएर आमालाई गुहारिन । त्यतिन्जेल ऋणको ब्याज थपिएर सुर्जमानलाई तिर्नुपर्ने ५ लाख पुगेको थियो । ‘आमाले भर्खरै जग्गा बेचेर पैसा जुटाउनुभएको थियो, पाँच लाख दिएपछि सुर्जमानको ऋण चुक्ता गरें,’ उनले सुनाइन । तत्कालका लागि ऋणबाट मुक्ति मिले पनि घरव्यवहार चलाउन समस्या थियो ।
श्रीमान्ले कुलत छाडेनन्, सुजालाई ऋण र ब्याजले गाँज्दै लग्यो । सुर्जमानले ताकेता गर्न थालेपछि दुई महिनाको ब्याज एक लाख तिरिन् । साँवा घटाउने उद्देश्यले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर फेरि दुई लाख रुपैयाँ थमाइन् । सुर्जमानले सावाँ नभई ब्याजमात्रै कटाएछन् । अब उनी सुर्जमानको ऋणबाट मुक्त हुन चाहन्थिन् । आयस्रोत नभएकी उनले भाखा मागिरहेकी हुन्थिन् । ऋण तिर्न नसक्ने भएपछि सुर्जमान एक दिन सुजाको घर आइपुगे र आफूसँग यौनसम्पर्क गर्नुपर्ने, सोबापत ब्याज घटाइदिने प्रस्ताव राखे । आफन्त दाइ मानेको व्यक्तिबाटै आएको प्रस्तावले भित्रभित्रै आक्रोशित भए पनि उनले तत्काल प्रतिक्रिया दिन सकिनन्  । ‘सोचेर मलाई खबर गर’ भन्दै घरबाट निस्किए । तीन दिनपछि फेरि आइपुगेर ‘यौनसम्पर्क गर्न तयार हुनुपर्ने, अन्यथा तुरुन्तै ब्याज तिर्नु’ भनी धम्क्याए । भोलिपल्ट उसैगरी धम्क्याए । जबर्जस्ती हात तानेर आफ्नो मोटरसाइकलमा राखेर ललितपुरको पाटन अस्पताल अगाडि गेस्ट हाउसको कोठामा पु¥याए, बन्द कोठाभित्र सुर्जमानले बलात्कार गरेको उनले बताइन् ।

mayadavi
Comments
Loading...