कपिलवस्तु l शिवराज नगरपालिकाले नगरवासीले आवश्यक पर्दा नि:शुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र रुपन्देही जिल्ला शाखासँग शिवराज नगरपालिकाले त्यसबारेमा सम्झौता गरेको छ ।
निःशुल्क रगत उपलब्ध गराउनका लागि नगरप्रमुख अजय थापाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रलाई अनुदान सहयोग वापत २ लाख रुपैयाँ उपलब्ध गराउने समझौतामा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डे जानकारी दिनु भयो ।
शिवराज नगपालिकाका बासिन्दा,कर्माचारीहरुलाई बिरामी परेर रगत नै चाहिएको अवस्थामा निशुल्क उपलब्ध गराउने उद्देश्यले रेडक्रसलाई रकम प्रदान गरिएको नगर प्रमुख थापाले बताए ।
शिवराज नगरपालिकाका बासिन्दा र कर्मचारीले नि:शुल्क रगतको सेवा लिनु परेमा नगरवासिको हकमा नागरिकता,चालक अनुमतीपत्र स्थानिय भएको प्रमाण वा सिफारिसपत्र र कर्मचारीको हकमा कर्मचारी परिचयपत्र उपलब्ध गराउनु पर्ने शाखाका सभापती दिपक क्षेत्री न्यौपानेले जानकारी दिए ।
समझौता अनुसार शिवराज नगरपालिकाले हरेक वडाहरुमा पालो-पालो वर्षमा २ पटक रक्त संकलन शिविर संचालन गर्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।