काठमाडौँ । भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य बढेर आएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटिटतेलमा साढे सात रुपैयाँ बढेर आएको छ । त्यस्तै हवाइयन्धनमा साढे आठ बढेको छ । एलपीजीमा भने १०० रुपैयाँ घटेर आएको छ सोही अनुसार निगमले एलपीजीको मूल्य घटाउने तयारी गरेको छ ।
