दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

जनप्रतिनिधिको बदमासी जसले आफैले हातपात गरे, कुटिएको भन्दै समाचार लेखाए

0

कपिलवस्तु साउन २७
समाजमा केही विवाद हुँदा हातपात, भनाभन हुने घटना प्राय घटेका हुन्छन् । यस्ता घटना प्राय घटिरहेका बेलामा भने कपिलवस्तुको महाराजगन्ज नगरपालिका अनौठो घटना सार्वजनिक भएको छ । नगरपालिकाको वडा नम्बर ११ का वडा सदस्य अवधेस यादवले विद्यालयका प्रधानाध्यापकलाई हातपात गरेर आफै कुटिएको भन्दै समाचार लेखाएका छन् ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका जनप्रतिनिधिले प्रधानाध्यापक माथी हातपात गरेका छन् । नगरपालिकाको वडा नम्बर ११ झिन्ना माध्यामिक विद्यालयका प्र.अ.रुद्रेशनाथ तिवारीलाई वडा सदस्य अवधेस यादवले हातपात गरेका हुन ।
बिहीवार अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले विद्यालय अनुगमनका क्रममा छलफल गर्ने क्रममा हातपात गरेका थिए । यादवले बिहीवार आफु माथी प्रधानाध्यापकले हातपात गरी कपडा च्यातेको भन्दै केही सञ्चार माध्यममा समाचार प्रकाशन गराएका थिय । तर सो घटनाको स्थलगत अनुसन्धान गर्दा वडा नम्बर ११ का वडा सदस्य यादवले सुरुमा प्रअ माथी हातपात गरेको प्रमाण फेला परेको छ ।
विद्यालयमा रहेको सिसिटिभिमा वडा सदस्यले प्रधानाध्यापकको कठालो समाएको प्रष्ट देखिएको छ । महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम निकट रहेका यादव छलफलका क्रममा निकै उग्र देखिएको भिडियोमा देखा परेको छ ।
विद्यालयका प्र.अ. रुद्रेशनाथ तिवारीले २ कोठे भवन र शौचालयको विषयमा अख्तियारमा परेको उजुरीको विषयमा छलफल भएको बेला जनप्रतिनिधिको असभ्य क्रियाकलापले समस्यामा परेको बताउनु भयो । अनियमिता भए नभएको जाँच गर्ने बेला वडा अध्यक्ष धर्मेन्द्र पुरी सहित आएको टोलीले अमर्यादित क्रियाकलाप गरेको तिवारीले बताए ।
वडा सदस्य यादवले विद्यालयका अध्यक्ष गंगेश नाथ तिवारी, प्र.अ रुद्रेशनाथ तिवारी, शिक्षक योगेश नाथ तिवारी र प्रविण तिवारीले हातपात गरेको भन्दै समाचार प्रकाशन गराएका थिए । तर सिसिटिभिको फुटेजमा यादवले आक्रमण गरेको प्रष्ट देखिएको छ । अध्यक्ष गंगेशनाथ तिवारीले घटना विषयमा सत्य तथ्य छानविन गरी गल्ती गर्नेलाई काहवाहीको माग गरेका छन् ।

global bank
Comments
Loading...