रुपन्देही । रोल्पाकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दाङमा २६ वर्षीय युवक पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका ८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति ललाइफकाई आफ्नै घरमा ल्याएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ परेका हुन् ।
उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता,प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए ।
उनलाई थुनामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।